दफा १३०
अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिने

आमा बाबुले आफ्नो छोरा छोरीको शिक्षा दीक्षाको लागि कुनै शिक्षक नियुक्त गरेमा वा छोरा छोरीलाई कुनै किसिमको शिक्षा प्राप्तिका लागि कुनै शिक्षण संस्थामा भर्ना गरेमा त्यसरी नियुक्त भएको शिक्षक वा त्यस्ता शिक्षण संस्थाको प्रधानाध्यापक वा शिक्षकलाई शिक्षा दीक्षाका सम्बन्धमा दफा १२९ बमोजिमको अधिकार प्रयोग गर्ने अख्तियारी दिएको मानिनेछ ।